रास्वपाद्वारा सुदूरपश्चिम सभापति प्रकाश विष्टलाई स्पष्टीकरण

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिम प्रदेश सभापति तथा केन्द्रीय समिति सदस्य प्रकाश विष्टलाई स्पष्टीकरण सोधेको छ। पार्टीको अनुशासन आयोगले उनीमाथि छानबिन थालेको पुष्टि भए पनि विस्तृत विवरण भने गोप्य राखिएको छ।

अनुशासन समितिका कार्यवाहक प्रमुख रमाकान्त रिजालले छानबिनका विषयमा बोल्न नमिल्ने जनाउँदै, “७/१० दिनपछि थाहा पाउनुहुन्छ,” भनेका छन्। उनले छानबिन प्रक्रियाको गोपनीयताका कारण थप विवरण खुलाउन अस्वीकार गरे।

विष्टले भने यो सामान्य प्रक्रियाको हिस्सा मात्र भएको बताए। “स्पष्टीकरण सोध्ने/दिने पार्टी पद्धतिमा भइरहन्छ,” उनले भने, “मैले स्पष्टीकरण पठाइसकेको छु, ठूलो कुरा होइन।”

स्पष्टीकरणको विषय र समयावधि दुवैले खुलाएका छैनन्। यसबीच, विष्ट असार २ गते भारतको मुम्बईमा हुने रास्वपाको प्रवासी कार्यक्रमको तयारीमा रहे पनि अन्ततः उनी सहभागी नहुने भएका छन्। कार्यक्रमको प्रमुख अतिथिका रूपमा पार्टी उपसभापति डा. स्वर्णिम वाग्ले सहभागी हुने तय छ। विष्टलाई पनि सहभागी हुने प्रचार गरिएपनि उनले आन्तरिक कामका कारण उपस्थित नहुने स्पष्ट पारेका छन्।

प्रकाश विष्ट पेशाले इञ्जिनियर हुन्। हालैका गतिविधिहरू र पार्टीभित्रका प्रक्रियाले उनलाई स्पष्टीकरण दिनुपर्ने स्थिति आएको हो, जसको निष्कर्ष केही दिनमै आउने संकेत गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्