भोलिदेखि मलेखु–मुग्लिन सडक खण्ड रातिको समयमा बन्द हुने

File Photo

काठमाडाैँ – पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन–नारायणगढ सडक खण्डमा ३० जेठदेखि ७ असारसम्म रातिको समयमा सवारीसाधन आंशिक रूपमा बन्द हुने भएको छ। बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने कार्यका लागि राति १०:३० बजेदेखि बिहान ३ बजेसम्म सवारी आवागमन रोकिने धादिङका डिएसपी सुवास हमालले जानकारी दिए।

निर्माणाधीन स्थानहरूमा ठूलो साइजको क्रेन प्रयोग गरी काम गर्नुपर्ने भएकाले सुरक्षाका दृष्टिले रातको समय बन्द गर्न लागिएको हो। यस अवधिमा अत्यावश्यक सवारीसाधन बाहेकका सबै प्रकारका सवारीलाई तोकिएका स्थानहरूमा रोकिने व्यवस्था मिलाइनेछ। मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीसाधन मलेखुमा र हलुका सवारी शितलबजारमा रोकिनेछन् भने मुग्लिनतर्फबाट आउने भारी सवारी मुग्लिन र हलुका सवारी कुरिनटारमा रोकिनेछन्। रोकिएका सवारी बिहान ३ बजेपछि मात्रै गन्तव्यतर्फ जान पाउने छन्।

यात्रा तयारी गरिरहेकाहरूलाई वैकल्पिक योजना बनाउनु र ट्राफिक प्रहरीले दिएको सूचनालाई पालना गर्न अनुरोध गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्