फेवातालमा प्याराग्लाइडिङ दुर्घटना, ४ जनाको सकुशल उद्धार

पोखरा- अचानक चलेको हावाहुरीका कारण पोखराको फेवातालमा दुईवटा प्याराग्लाइडिङ अनियन्त्रित भइ खसेका छन्। बुधबार दिउँसो ३ बजे पोखरा-१८ खपौंदीस्थित तालमा भएको उक्त दुर्घटनामा दुई जना भारतीय पर्यटक र दुई जना नेपाली पाइलट खसेका थिए।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरिबहादुर बस्नेतका अनुसार भारत बनारसका ४१ वर्षीय अकलेस यादव, ३५ वर्षीय चन्दनकुमार पटेल, पाइलट काभ्रेका ३० वर्षीय मिलन शाह र पोखरा लेकसाइडका २८ वर्षीय विकास अधिकारी दुर्घटनामा परेका थिए।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ गणको फेवा रेस्क्यु टावरमा खटिएको गोताखोर टोली र नेपाल प्रहरीको उद्धार टोलीले मोटरबोटको सहयोगमा दुर्घटना भएको २० मिनेटभित्रै चारै जनाको सकुशल उद्धार गरेको हो।

डिएसपी बस्नेतले चारै जनाको अवस्था सामान्य रहेको र प्राथमिक स्वास्थ्य परीक्षणपछि उनीहरूलाई घर पठाइएको जानकारी दिए।

फेवाताल क्षेत्र प्याराग्लाइडिङका लागि विश्वप्रसिद्ध गन्तव्य भए पनि मौसमको आकस्मिक परिवर्तनले जोखिम बढाइरहेको छ। प्रहरी प्रशासनले मौसम पूर्वानुमानअनुसार मात्रै उडान गर्न अपिलसमेत गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्