रास्वपाबाट तिम्सिना र मैनालीको सदस्यता खारेज

काठमाडौं  — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशका दुई नेताको पार्टी सदस्यता खारेज गरेको छ। सोमबार बसेको सचिवालय बैठकले निवर्तमान प्रदेश सभापति राजेश तिम्सिना र प्रवक्ता कमलबाबु मैनालीको सदस्यता खारेज गरी केन्द्रीय समितिमा अनुमोदनका लागि पेस गर्ने निर्णय गरेको हो।

अनुशासन आयोगको प्रतिवेदन र सिफारिसका आधारमा निर्णय गरिएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए। केही समयअघि तिम्सिना निलम्बनमा परेका थिए। उनी हाल पितृशोकमा रहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्