भोलि पनि सार्वजनिक सवारी नचल्ने

काठमाडौं – सरकार र यातायात व्यवसायीबीच सोमबार भएको वार्ता निष्कर्षविहीन भएपछि मंगलबार पनि देशभर सार्वजनिक यातायात नचल्ने भएको छ।

गण्डकी प्रदेशको राइड सेयरिङ नियमावलीविरुद्ध व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्। नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले नियमावली स्थगन नभएसम्म आन्दोलन जारी रहने जनाएको छ। सरकार र व्यवसायीबीच पुनः मंगलबार बिहान साढे १० बजे वार्ता हुने तय भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्