काठमाडौं — सिंहदरबारमा बसेको शीर्ष तीन दलको बैठकमा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने अडान कायम राखेको छ।
माओवादी सांसद हितराज पाण्डेका अनुसार भिजिट भिसा प्रकरणमा सुशासनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने पार्टीको धारणा बैठकमा राखिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले भने संसद् खोलेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए। सत्तारुढ दलका नेताहरूले यो विषय कर्मचारीसँग जोडिएको भन्दै राजीनामा आवश्यक नभएको बताएका छन्।






