काठमाडौं — राजावादीहरू आजको आन्दोलन स्थगित गरेका छन्। संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने निर्णय गरिएको विज्ञप्तिमार्फत जनाएका छन्।
२०५८ साल जेठ १९ गतेको दरबार हत्याकाण्डको स्मृतिमा आज साँझ ६ बजे कमलादी गणेशस्थानमा दीप प्रज्वलन कार्यक्रम तय गरिएको छ। संयोजक सुवेदीले सो कार्यक्रममा सहभागी हुन सबैलाई अनुरोध गरेका छन्।






