काठमाण्डौ – गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई वैधानिकता दिएको विरोधमा आजदेखि देशभर सार्वजनिक यातायात बन्द भएको छ। नेपाल यातायात व्यवसायी महासंघलगायत विभिन्न संघ–संगठनको संयुक्त ‘सार्वजनिक यातायात बचाउ समिति’ले अनिश्चितकालीन बन्दको घोषणा गरेको हो।
बस, माइक्रो, टेम्पो नचल्दा यात्रु, विद्यार्थी, बिरामी र वृद्धवृद्धा मर्कामा परेका छन्। कोही सडकमा उभिएका छन्, कोही पैदल यात्रा गरिरहेका छन्। यातायात व्यवसायीले रोजगारी खोसिएको गुनासो गरिरहेका छन् भने राइड सेयरिङले यात्रु र युवालाई सहज र अवसरयुक्त बनाएको तर्क छ।
गण्डकी प्रदेश सरकारले वार्ताका लागि पाँच सदस्यीय समिति गठन गरी व्यवसायीलाई वार्तामा आउन आग्रह गरेको छ।






