कोशी प्रदेशमा मनसुन केही दिन रोकिने, गर्मी बढ्ने अनुमान

काठमाण्डौ — कोशी प्रदेशबाट सुरु भएको मनसुनी प्रणाली अबको केही दिन त्यहीँ अड्किने संकेत देखिएको मौसमविद्हरूले बताएका छन्।

मौसमविद् रोजन लामिछानेका अनुसार एक हप्तासम्म देशभर वर्षा कम र गर्मी धेरै हुने सम्भावना छ।

हाल कोशी प्रदेशमा मनसुनी वायु र अन्य प्रदेशहरूमा पश्चिमी तथा स्थानीय वायुको प्रभावले हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ।

मनसुन सुरु भएपछि कोशीमा परेको भारी वर्षाले केही संरचनामा क्षति पुगेको थियो।

आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्