काठमाडौं – आइतबार दिउँसो प्रहरी नियन्त्रणमा परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दीपक सिंहसहित ७ जना रिहा भएका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार नियन्त्रणमा लिइएका ८ जनामध्ये ७ जनालाई जिम्मा जमानीमा छाडिएको हो।
राप्रपाका नेताहरू आइतबार राजधानीमा गरिएको प्रदर्शनका क्रममा पक्राउ परेका थिए। प्रहरीले शान्ति सुरक्षामा खलल पुर्याउने कार्य भएको भन्दै उनीहरूलाई नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार हालसम्म एक जना भने हिरासतमा नै रहेका छन्। उनीबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
पार्टीले उक्त गिरफ्तारीलाई असंवैधानिक र दमनकारी कदमको संज्ञा दिँदै तत्काल रिहाको माग गरेको थियो।