डोटी, जेठ १८ – डोटीको केआईसिंह गाउँपालिका–५ स्थित केदार गाउँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी दीपेन्द्रकुमार पालका अनुसार, आज बिहान बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ आउँदै गरेको सुपप्र ०१००१ ज १४६४ नम्बरको जिप दुर्घटनामा परेर बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ४२ वर्षीय मीन बमको ज्यान गएको हो।
गम्भीर घाइते भएका बमलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायल लगिएको थियो। तर, अस्पताल पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा जिप चालकसहित आठ जना घाइते भएका छन्। उनीहरूको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर, पाँच जनाको मध्यम र दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।