कोशी प्रदेशमा मनसुनी वायुको असर, अन्य प्रदेशको अवस्था के छ?

१७ जेठ, काठमाडौं — हाल देशको पश्चिमी र मध्य भू–भागमा पश्चिमी वायु र स्थानीय वायुले प्रभाव पारेको छ भने कोशी प्रदेशमा मनसुनी वायुको असर देखिएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेश तथा देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

कोशी प्रदेशका केही स्थानमा र मधेशसहित अन्य पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना देखिएको छ। त्यसैगरी, देशको उच्च–पहाडी र हिमाली भू–भागका केही ठाउँमा हल्का वर्षा वा हिमपात हुन सक्ने उल्लेख गरिएको छ।

आज रातिसमेत कोशी, मधेश, बागमती, गण्डकी प्रदेश र अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतः सफा वा आंशिक बदली रहनेछ। कोशी र मधेशका केही स्थान तथा अन्य पहाडी क्षेत्रका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र भारी वर्षा हुन सक्ने सम्भावना कायमै छ।

मौसमको यो अवस्थाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्