दार्चुलाको गोकुलेश्वर अस्पताल सहितका विभिन्न अस्पतालहरु प्रदेशस्तरीय अस्पतालको रूपमा सञ्चालन गरिने

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले आगामी वर्षदेखि विभिन्न अस्पताललाई स्तरोन्नति गरी प्रदेशस्तरीय अस्पतालको रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ। शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै डडेल्धुराको जोगबुढा, दार्चुलाको गोकुलेश्वर, कञ्चनपुरको बेलौरी, कैलालीको लम्कीचुहा, बजुराको कोल्टी अस्पतालहरूलाई प्रदेशस्तरीय अस्पतालको रूपमा स्तरोन्नति गरिने जानकारी दिएको छ ।

यसैगरी,  अछामको बयलपाटा अस्पतालको स्वामित्व तथा व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकार मातहत ल्याउने कानुनी प्रक्रिया अघि बढाइने समेत नीति तथा कार्यक्रममा समावेश गरिएको  छ ।

नीति तथा कार्यक्रममा अस्पतालहरूको सेवा स्तरीकरण गर्दै स्थानीय तहबाट सञ्‍चालित अस्पताललाई क्रमशः प्रदेश तहमा रुपान्तरण गर्दै लैजाने उल्लेख गरिएको छ। यसले प्रदेशका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्तिमा सहजता ल्याउने विश्वास गरिएको छ। प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्वास्थ्य पूर्वाधारको सुदृढीकरणमार्फत सेवा पहुँच विस्तारलाई प्राथमिकतामा राखेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्