नेता अफताव आलमलाई मस्तिष्कघात, अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताव आलमलाई मस्तिष्कघात (ब्रेन स्ट्रोक) भएको छ। आज (बिहीबार) बिहान करिब ९ बजे उनलाई काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

अलिकति स्वास्थ्यमा समस्या देखिएपछि तत्कालै अस्पताल पुर्‍याइएका आलमको अहिले न्युरो विशेषज्ञहरूको निगरानीमा उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था खतरामुक्त भए पनि निगरानीमा राखिएको छ।

आलमलाई ‘मानिसलाई इँटाभट्टामा जिउँदै जलाएको’ आरोपमा जन्मकैदको सजाय सुनाइएको थियो। तर उच्च अदालत वीरगञ्जले उनलाई उक्त मुद्दामा सफाइ दिएपछि उनी नख्खु कारागारबाट रिहा भएका थिए। पूर्वमन्त्री समेत रहेका आलम रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्। अदालतबाट सफाइ पाएको केही दिनमै स्वास्थ्यमा समस्या देखिनु उनको राजनीतिक पुनर्सक्रियता चुनौतीपूर्ण बन्ने संकेतका रूपमा हेरिएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप जानकारी आउन बाँकी छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्