सदनको अवरोध हटाउन सभामुख घिमिरेले बोलाए प्रमुख सचेतकहरूलाई छलफलमा

काठमाडौँ – हाल प्रतिनिधि सभामा जारी अवरोध हटाउने र बजेटमाथि समयमै छलफल सुनिश्चित गर्ने उद्देश्यले सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्यसचेतक र प्रमुख सचेतकहरूलाई छलफलका लागि बैठकमा बोलाएका छन्।

सभामुखको सचिवालयका अनुसार छलफलका लागि शुक्रबार बिहान ११ बजे प्रमुख सचेतकहरूलाई आमन्त्रण गरिएको छ। यससँगै मध्याह्न १२ बजे प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक समेत डाकिएको सचिवालयले जनाएको छ।

विपक्षी दलहरूले गृह मन्त्रालयसँग जोडिएको भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको भन्दै सदन अवरुद्ध गर्दै आएका छन्। उनीहरूको माग गृहमन्त्रीको राजीनामा र निष्पक्ष छानबिनका लागि आयोग गठन गर्नु हो। तर, माग पुरा नहुँदासम्म बजेटबाहेकका कुनै पनि कार्यसूचीमा सभासत्र अघि नबढ्ने अडान विपक्षीले लिएका छन्।

यसपटक सभामुखको पहलले दलहरूबीच सहमति जुट्ने र सदन सुचारु हुने अपेक्षा गरिएको छ। आगामी आर्थिक वर्षको बजेट पारित गर्ने संवैधानिक समयसीमा नजिकिँदै गइरहेको अवस्थामा राजनीतिक संवाद र सहमतिका पहलहरू तीव्र हुँदै गएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्