सरकारी कर्मचारीको तलब नबढ्ने, महँगी भत्ता ५ हजार पुर्‍याइने

काठमाडौं  – सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारी कर्मचारीको तलब वृद्धि नगर्ने निर्णय गरेको छ। यद्यपि महँगी भत्तामा ५ हजार रुपैयाँको वृद्धि गरिएको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै स्रोतको अभावका कारण तलब वृद्धि सम्भव नभएको स्पष्ट पारे। उनले भने, “विगत तीन वर्षदेखि तलब नबढेको अवस्था छ, तर स्रोतको सीमितताका कारण यस वर्ष तलब बढाउन सकिएन।”

सरकारी कर्मचारीको अपेक्षा विपरीत तलबमा वृद्धि नभए पनि महँगी भत्तामार्फत केही राहत दिन खोजिएको उनले उल्लेख गरे। अब महँगी भत्ता ५ हजार रुपैयाँ पुर्‍याइनेछ।

तीन वर्षदेखि तलब स्थिर रहेको अवस्थामा यसपालिको बजेटले कर्मचारी वर्गमा केही निराशा छाएको देखिएको छ। यद्यपि महँगी भत्तामा वृद्धि हुनु केही हदसम्म सकारात्मक कदमका रूपमा लिइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्