काठमाडाैँ- देशभर हाल ४५ वटा सार्वजनिक संस्थान सञ्चालनमा रहेका छन्, जसमध्ये २० वटा पूर्णसरकारी स्वामित्वमा छन् भने २५ वटा संस्थानमा सरकारको प्रमुख स्वामित्व रहेको छ।
आर्थिक वर्ष २०८०/८१ मा ती संस्थानहरूको कुल सञ्चालन आय ६ खर्ब ६० अर्ब १५ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.२२ प्रतिशतले कमी आएको हो। यो सञ्चालन आय कुल गार्हस्थ उत्पादन (जीडीपी) को ११.५७ प्रतिशत बराबर रहेको जनाइएको छ।
हाल सञ्चालनमा रहेका ४५ संस्थानहरूमध्ये
-
२८ वटा नाफामा,
-
१६ वटा घाटामा,
-
र २ वटा बन्द अवस्थामा रहेका छन्।
समीक्षा अवधिमा सार्वजनिक संस्थानहरूको खुद नाफा ४२ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवको तुलनामा १२.८८ प्रतिशतले कम हो।
यस्तै, घाटामा रहेका संस्थानहरूको कुल नोक्सानी ३ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। नाफामा रहेका संस्थानहरूको नाफा ११.५० प्रतिशतले घटेको छ भने नोक्सानीमा रहेका संस्थानहरूको नोक्सानी ८.६५ प्रतिशतले बढेको देखिएको छ।
पछिल्ला वर्षहरूमा सार्वजनिक संस्थानहरूको वित्तीय अवस्था चिन्ताजनक बन्दै गएको देखिन्छ। नीति सुधार, पारदर्शिता तथा कार्यक्षमता वृद्धिका लागि विशेष पहल आवश्यक देखिन्छ।