सरकार आज साँझ ५ बजे आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट आज साँझ ५ बजे सार्वजनिक गर्ने भएको छ। प्रतिनिधिसभाको आज साढे १ बजे बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेसँगै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक स्थगित गर्दै साँझ ५ बजे संघीय संसद्को संयुक्त बैठक बस्ने जानकारी दिएका हुन्।

संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले सरकारको तर्फबाट बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते संघीय सरकारको बजेट सार्वजनिक गरिँदै आएको छ।

बजेट सार्वजनिक गर्नुअघि मन्त्रिपरिषद्को बैठक बस्ने तयारी गरिएको छ। बैठकले बजेटलाई औपचारिक स्वीकृति दिएपछि मात्र संसद्मा प्रस्तुत गरिने छ।

यसअघि सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणमा देशको समष्टिगत आर्थिक अवस्था, विकासको स्थिति, राजस्व संकलन, पूँजीगत खर्चको अवस्था लगायतका विषयहरू समेटिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्