काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। आजको बजारमा छापावाल सुनको मूल्य प्रतितोला १,८७,८०० रुपैयाँमा कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा १,५०० रुपैयाँले कम हो। बुधबार छापावाल सुनको मूल्य १,८९,३०० रुपैयाँ तोकिएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १,९९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार चाँदीको मूल्य २,००५ रुपैयाँ थियो।
लगातार दुई दिनदेखि सुनको मूल्य घट्दै गएको छ। बुधबार पनि सुन प्रतितोला १,६०० रुपैयाँले घटेको थियो। पछिल्लो मूल्य घटबढले बजारमा सुनचाँदी कारोबारी तथा उपभोक्ताहरूको चासो बढाएको देखिन्छ।
महासंघले अन्तर्राष्ट्रिय बजार मूल्य, भन्सार महसुल, र माग–आपूर्ति अवस्थाका आधारमा दैनिक मुल्य निर्धारण गर्दै आएको छ।