मोहम्मद अफताव आलम रिहा

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद मोहम्मद अफताव आलम रिहा भएका छन् । बुधबार उच्च अदालत वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्ट्याएकाे थियाे ।

आलमलाई सफाइ दिएपछि नख्खु कारागारमा राखिएका उनी रिहा भएका नख्खुका जेलर भीमराज कोइरालाले बताए । उनीमाथि इँट्टा भट्टामा मानिसलाई जिउँदै हालेर जलाएको आरोप थियो । यसअघि उनलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्