भिजिट भिसा प्रकरण : अनुसन्धानलाई सघाउन मन्त्रीले जिम्मेवारीबाट अलग हुने नैतिक आधार हो – गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भिजिट भिसा प्रकरणमा संगठित अपराध देखिएको भन्दै दोषीलाई कारवाहीको दायरामा ल्याउन जोड दिएका छन्। धरानमा आयोजित पार्टीको उपमहानगर सम्मेलनमा उनले अनुसन्धानमा परेकाले पदमा बसिरहनु राजनीतिक नैतिकता र वैधताको प्रश्न भएको बताए।

‘जोसुकै होस्, जति ठूला पदमा भए पनि कारवाहीबाट उम्कनु हुँदैन,’ थापाले भने। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुखसहितको अनुसन्धान निष्पक्ष र निडर भएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए। गृहमन्त्री रमेश लेखकसमेत अनुसन्धानको दायरामा पर्न सक्ने सम्भावनाबारे उनले भने, ‘अनुसन्धानलाई सघाउन मन्त्रीले जिम्मेवारीबाट अलग हुने नैतिक आधार हो।’

थापाले भिजिट भिसाको नाममा भइरहेको ठगी अन्त्य गर्न कानुनी र प्रशासनिक सुधार आवश्यक रहेको बताए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्