गृहमन्त्री लेखकको प्रश्न : न्याय त मैले पनि पाउनुपर्ला नि ?

काठमाडौं — गृहमन्त्री रमेश लेखकले आफू अन्यायमा परेको गुनासो गर्दै भिजिट भिसा प्रकरणमा न्यायको माग गरेका छन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो विरुद्ध कुनै आधिकारिक उजुरी वा छानबिन नहुदाँहुदै गलत प्रचार गरिएको भन्दै आपत्ति जनाए।

‘मैले कसैप्रति असम्मान गरेको छैन, आग्रह–पूर्वाग्रह राखेको छैन,’ मन्त्री लेखकले भने, ‘न्याय त मैले पनि पाउनुपर्ने होला नि? कि म न्याय नपाउने नागरिक हुँ यो देशको?’

उनले आफूविरुद्ध कुनै प्रमाणबिना नियोजित रूपमा हमला गरिएको आरोप लगाउँदै भिजिट भिसा प्रकरणमा आफू निर्दोष रहेको जिकिर गरे। ‘मेराविरुद्ध कतै उजुरी छ? कुनै छानबिन भइरहेको छ? छैन भने किन अनावश्यक आरोप लागिरहेछ?’ उनले प्रश्न गरे।

गृहमन्त्री लेखकले सत्य उजागर हुनु आवश्यक भएको बताउँदै न्याय माग्नु कुनै अपराध नभएको धारणा राखे। उनले राजनीतिक पूर्वाग्रहका आधारमा चरित्र हत्या प्रयास भइरहेको आरोपसमेत लगाए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्