‘मेराविरुद्ध नियोजित र षड्यन्त्रपूर्ण आक्रमण भइरहेको छ’

काठमाडौं – गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्ण आक्रमण भइरहेको आरोप लगाएका छन्। उनले यो आक्रमण राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको दाबी गरेका छन्।

मंगलबार संसद् भवनस्थित ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले पछिल्ला दिनमा सामाजिक सञ्जाल र विभिन्न मिडियामा आफूलाई जोडेर आएका समाचारहरू भ्रामक र तथ्यहीन रहेको बताएका हुन्।

‘मेराविरुद्ध नियोजित ढंगले आक्रमण गरिएको छ। यो राजनीतिक पूर्वाग्रहले प्रेरित छ, षड्यन्त्रपूर्ण छ,’ उनले भने, ‘यसको क्रम जारी छ भन्ने मैले महसुस गरेको छु।’

संसदमा विपक्षी दलले भिजिट भिसा प्रकरणमा उनको संलग्नता देखाउँदै बोल्न नदिएपछि उनले पत्रकार सम्मेलनमार्फत आफ्नो भनाइ सार्वजनिक गरेका हुन्।  गृहमन्त्री लेखकले आफ्नो राजनीतिक र व्यक्तिगत जीवन सधैं सार्वजनिक रहेको उल्लेख गर्दै आमजनसमक्ष सबै कुरा पारदर्शी ढंगले खुलेको बताए। उनले आफूविरुद्ध फैलाइएका समाचार र सामाजिक सञ्जालका पोस्टहरू असत्य भएको दाबी गर्दै भने, ‘मेरो कुनै संलग्नता छैन। अख्तियारको अनुसन्धानको विषयलाई लिएर मन्त्री पनि मुछिएको भन्ने प्रचार गलत र भ्रामक हो।’

उनले प्रमाणसहित सत्यतथ्य सार्वजनिक गर्न तयार रहेको स्पष्ट पारे। साथै, कुनै पनि प्रकारको गैरकानुनी कार्यमा आफू संलग्न नभएको दाबी गर्दै उनले अनावश्यक रूपमा चरित्र हत्या गर्न खोजिएको प्रतिक्रिया दिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्