गृहमन्त्री लेखकको राजीनामा नआउने, छानबिन समिति पनि नबन्ने : कांग्रेस

काठमाडौं — नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखकको राजीनामा नआउने स्पष्ट पारेको छ। भिजिट भिसा प्रकरणमा उठेको विवादका बीच सत्ता साझेदार दलहरूबीच बालुवाटारमा भएको बैठकपछि कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले गृहमन्त्रीमाथि छानबिन समिति गठनको आवश्यकता नरहेको बताएका छन्।

“गृहमन्त्रीमाथि कुनै प्रश्न उठेको छैन, कर्मचारीमाथि प्रश्न उठ्दा गृहमन्त्रीको किन छानबिन हुने? राजीनामा माग्नुको कुनै औचित्य छैन,” घिमिरेले अनलाइनखबरसँग भने, “यो विषयमा मन्त्रीले जवाफ दिनुपर्ने अवस्था पनि छैन।”

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक संलग्न भएको भन्दै राजीनामाको माग गर्दै आएका छन्। यसै विषयलाई लिएर मंगलबारको प्रतिनिधिसभा बैठक विपक्षीको अवरोधका कारण स्थगित भएको थियो। विपक्षी दलहरूले बुधबारको बैठक पनि अवरुद्ध गर्ने अडान लिएका छन्। बिहान ११ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन।

सत्तारूढ दलहरूको निर्णयले संसदमा थप तनाब उत्पन्न हुने संकेत देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्