काठमाडौं – ट्रेड टावर लिमिटेडले आज (जेठ १४) बाट सर्वसाधारणका लागि प्राथमिक साधारण शेयर (आईपीओ) निष्काशन खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५ कित्ता शेयर निष्काशन गरेको हो।
यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको आईपीओको बाँडफाँट सम्पन्न भइसकेको छ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। छिटोमा निष्काशन अवधि जेठ १९ गतेसम्म हुनेछ भने सो अवधिमा आवेदन नपरेमा जेठ २८ सम्म लम्बिन सक्छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
इक्रा नेपालले कम्पनीलाई ‘डबल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ, जसले मध्यम जोखिम संकेत गर्दछ।