जेठ १५ गतेका लागि तय लोकसेवा आयोगको परीक्षा स्थगित

काठमाडौं – लोकसेवा आयोगले यही जेठ १५ गते काठमाडौंमा सञ्चालन हुने भनिएको परीक्षा स्थगित गरेको छ। आयोगले सो दिनको परीक्षा तालिका राजनीतिक प्रदर्शनको सम्भावित प्रभावलाई मध्यनजर गर्दै संशोधन गरेको हो। सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले) र राजावादी पक्षधरहरुले जेठ १५ गते काठमाडौंमा छुट्टाछुट्टै प्रदर्शन आह्वान गरेका छन्। सोही दिन नेपाल विद्युत प्राधिकरणका रिक्त पदहरूका लागि सञ्चालन हुने भनिएको परीक्षालाई आयोगले स्थगित गर्ने निर्णय गरेको हो।

आयोगका अनुसार सो परीक्षाका लागि करिब ५ हजार जनाले दरखास्त फारम भरेका थिए। नयाँ मिति सम्बन्धी सूचना चाँडै सार्वजनिक गरिने जनाइएको छ। परीक्षाको समयमा मुलुकको राजधानी क्षेत्रमा भीड र सुरक्षा जोखिम बढ्ने देखिएपछि आयोगले सतर्कता अपनाउँदै परीक्षा स्थगन गरेको बताइएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्