राप्रपाले पनि गृह मन्त्री लेखकको राजिनामा माग्ने, बोलायो दलको बैठक

काठमाडौं, १३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिषामा बिबादित गृह मन्त्री रमेश लेखकको राजिनामा माग्ने भएको छ।

 

जसका लागि अहिले १० बजे पार्टी संसदीय दलको बैठक बोलाएको छ ।

 

सरकारले आर्थिक सर्वेक्षण प्रस्तुत गर्न लागेको बेला नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले आज गृह मन्त्री लेखकको राजिनामा माग्ने भएको हो ।

मंगलबार बिहान साढे १०ः०० बजे संसदीय दलको कार्यालयमा बैठक बस्ने राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताए। सो बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र भिजिट भिसा प्रकरणमा छलफल उनले उनले बताएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्