रास्वपाको माग : भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन र गृहमन्त्रीको राजीनामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ।

सांसद शिशिर खनालले गृहमन्त्री र सचिवालय संलग्न भएको भन्दै संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण अन्तर्गत छानबिन हुनुपर्ने बताए। उनले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग समेत गरेका छन्।

उक्त प्रकरणमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परिसकेका छन्। गृहमन्त्रीको सचिवालय संलग्न भएको दाबीपछि उनीमाथि चर्को दबाब बढेको छ। यसअघि माओवादी, कांग्रेस र रास्वपाका नेताहरूले समेत मन्त्री लेखकको राजीनामा माग गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्