संसद बैठकमा अवरोध गर्ने प्रतिपक्षी दलको तयारी

काठमाडौँ –  प्रतिपक्षी दलहरूले प्रतिनिधि सभाको बैठक अवरोध गर्ने तयारी गरेका छन्। मंगलबार बिहान ११ बजेदेखि बस्ने तयारी गरेको प्रतिनिधि सभाको बैठकलाई प्रतिपक्षी दलहरूले अवरोध गर्ने तयारी गरेका हुन्।

अध्यागमनका कर्मचारीको सेटिङमा मानिसलाई भिजिट भिसामा पठाउन सहजीकरण गरी रकम असुली गर्ने गरेको खुलेको थियो। यसमा गृहमन्त्री समेतको संलग्नता हुनसक्ने भन्दै प्रतिपक्षी दलले राजीनामा माग्ने तयारी गरेका हुन्।अहिले नयाँ बानेश्वरस्थित संसद भवनमा प्रतिपक्षी दलहरूको बैठक जारी छ। उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म सरकार र सत्तारूढ दलहरूलाई बोल्न अवरोध गर्ने तयारी गरेका छन्।

सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले भने गृहमन्त्री लेखकको संलग्नता नरहेको निष्कर्ष निकालेको थियो। उक्त बैठकले लेखकले राजीनामा दिन नपर्ने पनि उल्लेख गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्