सान्भि इनर्जी लिमिटेडले जेठ ९ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (जेठ १३) अन्तिम दिन हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ लाख १५ हजार ३०० कित्ता शेयर निष्काशन गरेको हो।
यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि गरी कुल ११ लाख ७४ हजार ७०० कित्ता शेयर निष्काशन गरिएको थियो।
सान्भि इनर्जीले ७.६ मेगावाटको जोगमाई खोला साना जलविद्युत आयोजना र निर्माणाधीन ५.२ मेगावाटको जोगमाई क्यासकेड आयोजना विकास गरिरहेको छ। आईपीओको रेटिङ्गमा केयर रेटिङ्स नेपालले ‘CARE-NP BB+’ प्रदान गरेको छ, जसले औसत जोखिम संकेत गर्दछ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। आवेदन ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत गर्न सकिन्छ।