काठमाडौँ– भिजिट भिसा प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आक्रामक रुपमा प्रस्तुत हुने भएको छ।
सोमाबार सिंहदरबारमा सोमबार बसेको संसदीय दलको बैठकपछि रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले गृहमन्त्रीले जवाफ दिनुअघि प्रश्नहरूको सामना गर्नुपर्ने भन्दै निष्पक्ष अनुसन्धानका लागि उनले मार्ग प्रशस्त गर्नुपर्ने धारणा सार्वजनिक गरे।
रास्वपाले गृहमन्त्रीको एकतर्फी जवाफ स्वीकार्य नहुने बताउँदै कांग्रेस नेतृत्वको भूमिकामाथि पनि प्रश्न उठाएको छ। संसदमा आज यस विषयले लफाडा हुने अनुमान गरिएको छ ।