गाजामा इजरायली हवाई आक्रमण : विद्यालय र घरमा आक्रमण, कम्तीमा २४ जनाको मृत्यु

काठमाडौं — गाजामा आइतबार राति भएको इजरायली हवाई आक्रमणमा कम्तीमा २४ जनाको ज्यान गएको छ। चिकित्सक र नागरिक रक्षा अधिकारीहरूले जनाएअनुसार दुई छुट्टाछुट्टै आक्रमणमा उक्त संख्यामा मृत्यु भएको हो।

पहिलो आक्रमण गाजास्थित एक विद्यालयलाई लक्षित गरी गरिएको बताइएको छ, जहाँ सयौँ विस्थापित नागरिकहरू बसोबास गरिरहेका थिए। हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ताका अनुसार उक्त विद्यालयबाट २० जनाको शव निकालिएको छ, जसमा बालबालिकाहरूको शवसमेत रहेका छन्।

‘बस्न प्रयोग गरिएको दुई कोठामा आगलागी भएपछि धेरै मानिसहरू नराम्ररी जलेका छन्,’ प्रवक्ताले बताए।

त्यसैगरी, गाजाको मध्य भागमा रहेको एक घरमा इजरायली हवाई आक्रमण हुँदा थप चार जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

घटनाबारे बीबीसीले इजरायली सेनासँग सम्पर्क गरेको भए पनि तत्काल कुनै प्रतिक्रिया आएको छैन।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्