कैलाली भन्सार प्रमुखमाथिको कुटपिटप्रति विरोध, भन्सार कार्यालयमा काम ठप्प

काठमाडौं — कैलाली भन्सार कार्यालय प्रमुख अनन्तप्रसाद तिम्सिनामाथि नगर प्रहरीले गरेको कुटपिटको विरोधमा देशभरका भन्सार कार्यालयहरूमा आज काम ठप्प पारिएको छ। भन्सार एजेन्ट महासंघ नेपालको अगुवाइमा कर्मचारीहरूले पेन डाउन गर्दै शान्तिपूर्ण विरोध जनाएका हुन्।

महासंघका अध्यक्ष प्रविन कुमार वैद्यका अनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कर्मचारीहरूले पेन डाउन, कालोपट्टी बाँध्ने, र जाँचपास नगर्ने कार्यक्रम सञ्चालन गरेका छन्।

केन्द्रीय सदस्य उमेश घिमिरेले शान्ति सुरक्षाको प्रत्याभूति र दोषीमाथि कडा कारबाहीको माग गर्दै पहिलो चरणको विरोध स्वरूप काम बन्द गरिएको बताए। माग सम्बोधन नभए कडा आन्दोलनको कार्यक्रम सार्वजनिक गरिने चेतावनीसमेत उनले दिएका छन्।

शनिबार राति कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रहरीले प्रमुख तिम्सिनामाथि कुटपिट गरेको सीसीटीभी फुटेज सार्वजनिक भएपछि यो विषय चर्चामा आएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्