शुक्लाफाँटामा विद्यालय व्यवस्थापन सन्दर्भमा क्षमता विकास कार्यशाला सुरु

कञ्चनपुर — शुक्लाफाँटा नगरपालिकामा विद्यालय व्यवस्थापन सम्बन्धी क्षमता विकास कार्यशाला सुरु भएको छ। नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका वि.व्य.स. अध्यक्षहरू र प्रधानाध्यापकहरूलाई लक्षित गर्दै सोमबार बिहान १०:३० बजे शुक्लाफाँटा नगरपालिकाको सभाहलमा कार्यशाला सुरु गरिएको हो।

कार्यशालामा विद्यालय सञ्चालन, शैक्षिक नेतृत्व, नीति कार्यान्वयन, गुणस्तर सुधार, तथा उत्तरदायित्वसम्बन्धी विषयमा छलफल र प्रशिक्षण गरिनेछ। कार्यक्रम शिक्षा, युवा तथा खेलकुद विकास शाखा, शुक्लाफाँटा नगरपालिकाको संयोजनमा सञ्चालित गरिएको हो।

नगरपालिकाले विद्यालय व्यवस्थापन सुदृढ गर्दै शैक्षिक रूपान्तरणको दिशामा यस्ता खालका कार्यशाला उपयोगी हुने विश्वास व्यक्त गरेको छ। कार्यक्रममा नगर क्षेत्रका विद्यालयका वि.व्य.स. अध्यक्ष, विद्यालय प्रमुख तथा सरोकारवाला व्यक्तिहरू सहभागी छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्