आईपीएलमा आज पञ्जाब र मुम्बई भिड्दै

काठमाडौँ – आईपीएल क्रिकेटको लिग चरणको अन्तिम खेलमा आज पञ्जाब किङ्स र मुम्बई इन्डियन्स भिड्दैछन्। खेल नेपाली समयअनुसार वेलुका ७:४५ बजे जयपुरमा सुरु हुनेछ।

प्लेअफ सुनिश्चित गरिसकेका दुवै टोलीमध्ये पञ्जाब १७ अंकसहित दोस्रो स्थानमा छ भने मुम्बई १६ अंकसहित चौथो स्थानमा रहेको छ।

हिजोको खेलमा चेन्नईले गुजरातलाई ८३ रनले र हैदराबादले कोलकातालाई ११० रनले पराजित गरेका थिए। लिग चरणको अन्तिम खेल भोलि लखनउ सुपर जायन्ट्स र बैंगलोरबीच हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्