“प्रतिपक्ष खबरदारी र सचेतनाको प्रतीक हो: खगराज भट्ट”

 

धनगढी,– सुदूरपश्चिम प्रदेश सभाको छैटौँ अधिवेशनको पहिलो बैठकमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य तथा संसदीय दलका नेता खगराज भट्टले सरकारप्रति तीव्र आलोचना गर्दै प्रतिपक्षको भूमिकालाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन्।

भट्टले सम्बोधनमा भने, “थुप्रै कानुनी प्रक्रिया अझै बाँकी छन्, जसले कर्मचारीको वृत्तिविकासमा गम्भीर असर पुर्याएको छ। यहाँका जनता भूकम्प, बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपबाट प्रताडित छन्।” उनले प्रदेश राजधानीको अनिश्चितता, बजेटको निष्पक्षता र त्यसको स्वतन्त्र परिचालनसम्बन्धी प्रश्नसमेत उठाए।

“सरकारले प्रतिपक्षलाई सुन्नुपर्छ, गम्भीरतापूर्वक लिनुपर्छ। प्रतिपक्ष भनेको सदनको अभिन्न, अभिभाज्य र अपरिहार्य अंग हो भन्ने कुरा सरकारले बुझ्नुपर्छ,” उनले थपे । भट्टले प्रतिपक्षलाई खबरदारी र सचेतनाको प्रतीकका रूपमा उल्लेख गर्दै लोकतन्त्रको मजबूतीका लागि यसको सम्मान आवश्यक भएको धारणा व्यक्त गर्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्