सुनको भाउमा एकैदिन १४०० रुपैयाँको वृद्धि, तोलामा १ लाख ९१ हजार ८ सय पुग्यो

काठमाडौं — नेपाली बजारमा आज सुनको भाउमा ठूलो उछाल आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ। हाल सुन प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अस्ति शुक्रबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ४ सय रुपैयाँ थियो। पछिल्ला केही दिनयता सुनको भाउमा निरन्तर उतारचढाव देखिँदै आएको छ।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। महासङ्घका अनुसार चाँदीको मूल्य आज पनि अघिल्लो दिनजस्तै प्रतितोला २ हजार ५ रुपैयाँमै कायम छ।

सुनचाँदी बजारमा यस्तो तीव्र मूल्य परिवर्तनलाई अन्तर्राष्ट्रिय बजार मूल्य, भन्सार दर तथा माग–आपूर्तिको सन्तुलनले असर गर्ने गरेको व्यवसायीहरू बताउँछन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्