गृहमन्त्री रमेश लेखकको राजिनामा माग भइरहेकाबेला एमालेले बोलायो सचिवालय बैठक !

काठमाडौं – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो दुई बजे एमाले केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जानेहरुबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको आरोप लागिरहेका बेला पहिलोपटक एमाले बैठक बस्न लागेको हो । कांग्रेसभित्रैबाट लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठेका बेला एमाले बैठकमा यसबारे छलफल होला कि नहोला भन्ने चासो छ । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता शेखर कोइरालाले गृहमन्त्री लेखकले नैतिकताको आधारमा राजीनामा दिनु उपयुक्त हुने बताएका थिए ।

एमाले बैठकमा लेखकमाथि लागेको आरोप लगायत विषयसहित समसामयिक राजनीति र सरकारका कामकारबाहीबारे छलफल हुने एमाले नेताहरु बताउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्