काठमाडौं — नेसनल प्याब्सन बुढानिलकण्ठ नगर कमिटी पुनर्गठन गरिएको छ। शनिबार सम्पन्न पदबहाली कार्यक्रममा राजेन्द्र पुडासैनीलाई नगर कमिटीको अध्यक्षमा चयन गरिएको हो।
नवगठित कार्यसमितिमा मुरारी चालिसे उपाध्यक्ष, मोहन फुयाल सचिव, सुवास कोइराला कोषाध्यक्षका रूपमा चयन भएका छन्। यस्तै, शम्भु अधिकारी, कमलमणि न्यौपाने, मनोज नेपाल र पवित्रा राना सदस्य पदमा मनोनित भएका छन्।
कार्यक्रममा नेसनल प्याब्सन काठमाडौंका उपाध्यक्ष प्रेमकुमार भुजेलले नवगठित टिमलाई बधाई दिँदै विद्यालय शिक्षा क्षेत्रमा निजी क्षेत्रको भूमिकालाई अझ प्रभावकारी बनाउने अपेक्षा व्यक्त गरे। पुनर्गठित नगर कमिटीले बुढानिलकण्ठ क्षेत्रका निजी विद्यालयहरूलाई संगठित गर्दै गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा अग्रसर भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।