Big Breaking : रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

काठमाडौं — सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेश सदर गरेको छ। न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्न माग गर्दै उनकी पत्नी निकिता पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो।

अब सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीबाट सफाइ नपाएसम्म लामिछाने थुनामै रहनेछन्। उच्च अदालतले जिल्ला अदालतको निर्णय उल्ट्याउँदै उनलाई थुनामा पठाउने आदेश दिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्