गुरुकुल एकेडेमी लमहीमा आँखा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

लमही – गुरुकुल एकेडेमी लमहीमा जेठ ४ गते एक दिवसीय आँखा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। राप्ती आँखा अस्पताल र बहादुरगन्ज लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा प्ले ग्रुपदेखि कक्षा ९ सम्मका १४४ जना विद्यार्थीहरूको आँखा परीक्षण गरिएको थियो। विद्यालयका प्रशासन प्रमुख सतिस पौडेलले स्वास्थ्यप्रति सचेतना बढाउने उद्देश्यले आयोजना गरेको सो कार्यक्रम अत्यन्त सफलरूपमा सम्पन्न भएको जानकारी दिनुभयो । कार्यक्रमअन्तर्गत विद्यार्थीहरूको दृष्टि क्षमता, आँखाको सामान्य अवस्था तथा सम्भावित समस्याहरूको पहिचान गरिएको थियो।

परीक्षणमा सहभागी भएका १४४ जना विद्यार्थीहरूमध्ये १७ जनाको आँखामा सामान्य प्रकारका समस्या पाइएको थियो। तीमध्ये ९ जना छात्र र ८ जना छात्राहरू रहेका छन्। चिकित्सकहरूको रिपोर्ट अनुसार उनीहरूमा “Refractive Error” अर्थात् दृष्टि दोष देखिएको हो, जसका कारण पढ्न वा टाढा हेर्न गाह्रो हुने समस्या देखिने गर्दछ।

विद्यालयका प्रधानाध्यापक सुरज खनालले यस कार्यक्रमले विद्यार्थीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो। साथै, दृष्टि समस्या देखिएका विद्यार्थीहरूको अभिभावकहरूसँग समन्वय गरी थप उपचारको व्यवस्था मिलाइने पनि जानकारी गराइएको पनि उँहाले बताउनुभयो। विद्यालय, अभिभावक, विद्यार्थी र अस्पताल बीचको सहकार्यले सफल बनेको यो कार्यक्रमले विद्यालयस्तरमै नियमित स्वास्थ्य परीक्षणको आवश्यकता र महत्वलाई झनै उजागर गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्