काठमाडौंमा हनी ट्रयापमार्फत घर-जग्गा बार्गेनिङ गर्ने दुई महिला पक्राउ

काठमाडौं  — राजधानी काठमाडौंमा हनी ट्रयापमा पारेर घर र ४ आना जग्गाको बार्गेनिङ गरेको आरोपमा दुई महिला पक्राउ परेका छन्। पक्राउ परेकामा कैलालीको गोदावरी नगरपालिका–१० की स्थायी बासिन्दा तथा हाल काठमाडौं कालोपुलमा बस्दै आएकी ३४ वर्षीया ममता तामाङ र भक्तपुरकी ३४ वर्षीया आँचल श्रेष्ठ रहेका छन्।

उनीहरुलाई बुधबार साँझ हनुमानस्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, ती महिलाहरूले सामाजिक सञ्जालको प्रयोग गर्दै विभिन्न पुरुषहरूसँग घनिष्ठ सम्बन्ध बनाउने गर्थे। त्यसपछि ती व्यक्तिहरुलाई होटलमा बोलाई मादक पदार्थ सेवन गराई गोप्य रुपमा अश्लील फोटो तथा भिडियो खिच्थे। पछि ती दृश्य मेसेन्जरमार्फत पठाई ‘याैन शोषणको मुद्दा लगाइदिन्छौं’ भन्दै मानसिक दवाब दिने र घर-जग्गा दिन बाध्य पार्ने कार्य गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

त्यही क्रममा एक पीडितलाई पाँच लाख रुपैयाँको चेक काट्न बाध्य बनाएको र घटनासँग सम्बन्धित दुई थान मोबाइल फोनसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्