कञ्चनपुरका सात वडालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

कञ्चनपुर — सरकारले कञ्चनपुरका सात वडालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसमा मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो।

निर्णयअनुसार भीमदत्त नगरपालिका वडा नम्बर ११, १२, १३ र दोधारा चाँदनी नगरपालिकाका वडा नम्बर ३, ८, ९ र १० संकटग्रस्त क्षेत्रका रूपमा घोषित भएका छन्। गत वर्ष भदौमा आएको बाढीले महाकाली नदीमा निर्माणाधीन गाइडबण्ड भत्किएपछि उक्त क्षेत्र अझ बढी जोखिममा परेको थियो। गाइडबण्ड समयमै पुनर्निर्माण नहुँदा महाकाली नदी नजिकको पक्की पुल, पुलको पहुँच मार्ग र आसपासका बस्तीहरू उच्च जोखिममा छन्। जिल्ला विपद् व्यवस्थापन समितिले उक्त क्षेत्रलाई अति संवेदनशील मानेर गृह मन्त्रालयलाई सिफारिस गरेको थियो।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्