गभर्नर सिफारिस समितिद्वारा तीन नाम सिफारिस, पहिलोमा डा. विश्व पौडेल

काठमाडौं, बैशाख ७ – नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ। मंगलबार बसेको समितिको बैठकले योग्य उम्मेदवारको मूल्याङ्कनपछि तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो।

स्रोतका अनुसार सिफारिस सूचीको पहिलो स्थानमा अर्थशास्त्री प्रा.डा. विश्व पौडेलको नाम छ। बाँकी दुई उम्मेदवारहरूको नाम भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।

यसअघि डा. पौडेलविरुद्ध सर्वोच्च अदालतमा पेश गरिएको रिट निवेदन दरपीठ भएपछि उनको नियुक्ति मार्गमा देखिएको कानुनी अड्चन हटेको थियो। यसले उनलाई गभर्नर बन्ने दौडमा थप अगाडि सारेको विश्लेषण गरिएको छ।

अब सिफारिस समितिबाट आएको नामहरू मन्त्रिपरिषद् समक्ष पेश गरिनेछ र अन्तिम निर्णय मन्त्रिपरिषद्ले गर्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्