काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लागूऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
सोमबार राति बैंककबाट नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौं आएका ४२ वर्षीय रामु यादवको सुटकेशबाट ४ किलो ६४० ग्राम गाँजा फेला परेको हो। अन्तर्राष्ट्रिय उडान क्षेत्रको आगमन टनेल गेटमा चेकजाँचका क्रममा प्रहरीले उक्त गाँजा बरामद गरेको थियो।
विमानस्थल सुरक्षा कार्यालयको टोलीले यादवलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्युरोमा पठाएको छ।