प्रधानमन्त्री ओली अस्वस्थ भएपछि संसदमा आजका लागि तोकिएको प्रश्नोत्तर नहुने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएको छ । स्वास्थ्यमा समस्या आएपछि संसदमा आज सांसदहरूसँग प्रधानमन्त्रीको प्रश्नोत्तर नहुने भएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्री ओली अस्वस्थ भएकाले संसद जान नसक्ने भएका छन् । यसअघि सोमबारको मन्त्रिपरिषद् बैठक र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेट पनि स्वास्थ्यका कारण हुन नसकेको बताइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्