मन्त्रिपरिषद् बैठक स्थगित गरेर प्रधानमन्त्री ओली र देउवा भेटवार्ता !

File photo

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ गठबन्धनमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता हुने भएको छ। बालुवाटार स्रोतका अनुसार उनीहरूबीच केहीबेरमै भेटवार्ता तय भएको हो।

विश्वसनीय स्रोतका अनुसार, यो भेटवार्ताको मुख्य एजेन्डा नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको विषयमा सहमति जुटाउनु रहेको छ। गभर्नरको नाममा साझा समझदारी बनाउने उद्देश्यले दुवै शीर्ष नेताबीच छलफल हुन लागेको जनाइएको छ।

यसैबीच, प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएअनुसार, नियमितरूपमा सोमबार बस्ने मन्त्रिपरिषद् बैठक आज स्थगित गरिएको छ। प्रधानमन्त्री ओली र सभापति देउवाबीचको राजनीतिक परामर्शलाई मध्यनजर गर्दै बैठक स्थगित गरिएको बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्