हेटाैंडा – मकवानपुरको हेटाैंडा र काठमाडाैं जाेड्ने कान्ति लाेकपथ सडकखण्ड अवरुद्ध भएकाे छ । मकवानपुरकाे भीमफेदी गाउँपालिका-८ र ललितपुरकाे बागमती गाउँपालिका-२ काे सीमानास्थित बगुवा खाेलाकाे डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएकाे मकवानपुर प्रहरीले जानकारी दिएकाे छ ।
आज साेमबार बिहान परेकाे पानीले डाइभर्सनका लागि राखिएका ह्युमपाइपहरू बगाएकाे डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
बगुवा खाेलास्थित बागमती पुलकाे एक भाग गत असाेजमा आएकाे भिषण बाढीले बगाएकाे थियाे । पुलकाे मकवानपुरतर्फकाे भाग बगाएपछि डाइभर्सनबाट सडक सञ्चालन भइरहेकाे थियो ।