सुनको भाउमा घटावट, तोलामा ६ सय रुपैयाँले सस्तो

काठमाडौँ – केही दिनयता निरन्तर बढ्दै आएको सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अस्ति शुक्रबार मात्र सुनको भाउ एकैदिन ३ हजार रुपैयाँले बढेर तोलाको १ लाख ८४ हजार ८ सय रुपैयाँ पुगेको थियो। त्यसको तुलनामा आजको मूल्यमा सामान्य गिरावट आएको हो।

महासङ्घले चाँदीको भाउ भने यथावत् रहेको जनाएको छ। आज चाँदी तोलाको १ हजार ९ सय ४५ रुपैयाँमै कारोबार भइरहेको छ, जुन शुक्रवारको मूल्य सरह हो।

सुनचाँदीको भाउमा यस्ता घटबढहरू अन्तर्राष्ट्रिय बजारको उतारचढाव तथा माग आपूर्तिको अवस्थासँग सम्बन्धित हुने व्यवसायीहरू बताउँछन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्