काँग्रेस संसदीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !

काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले नयाँ बानेश्वरस्थित संसद् भवनको लोल्से हलमा दिउँसो दुई बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तथा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्